काठमांडौ, माघ २९ ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा एक समारोह बीच आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
यस अवसरमा प्रमुख अतिथी महानिरीक्षक ठाकुरले प्रतिष्ठानको बार्षिक पत्रिका “प्रेरणा”को लोकार्पण गर्नुका साथै यस प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीहरुका जेहेन्दार सन्ततीलाई छात्रवृती एवं प्रमाण-पत्र वितरण, तत्कालिन सदर प्रहरी तालिम केन्द्रका समादेशक (अ.प्रा.) प्रहरी नायव महानिरीक्षक वलेन्द्र बहादुर सिंहलाई सम्मानपत्र, लामो समयसम्म वाह्रय प्रशिक्षकको रुपमा सेवा गर्नुभएका (अ.प्रा.) प्रहरी नयाव निरीक्षक मकर बहादुर गुरुङलाई सम्मानपत्र र Indian Police Service (IPS) तालिमका सहभागी “Sword of Honour” विजेता प्रहरी निरीक्षक कृष्ण खड्कालाई प्रशंशापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि महानिरीक्षक ठाकुरले ६४ औं बार्षिकोत्सवमा अवसरमा प्रतिष्ठान परिवारलाई शुभकामना व्यक्त गरेका थिए । तत्कालीन सदर प्रहरी तालिम केन्द्रका समादेशक (अ.प्रा.) प्रहरी नायब महानिरीक्षक वलेन्द्र बहादुर सिंहले तत्कालीन समयमा पर्याएको योगदानको कदर स्वरुप सम्मानित भएकोमा खुशी व्यक्त गरेका थिए ।
अपराध अनुसन्धान विद्यालयका निमित्त प्रधानाचार्य प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै भने प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द राज आचार्यले प्रमुख अतिथि महानिरीक्षक ठाकुर लगायत उपस्थित सम्पूर्ण अतिथिहरुमा धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशकहरु, पूर्व निर्देशकहरु, पूर्व समादेशकहरुज्यूहरुको उपस्थिती रहको थियो ।