जापान, माघ ३० ।
महिलाहरुका बिषयमा गरेको टिप्पणी बिबादित बनेपछि टोकियो ओलम्पिकका अध्यक्ष मोरीले आज राजीनामा दिने भएका छन । टोकियोको एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वाता दिने क्रममा ‘धेरै महिलाहरु सदस्य भएको बोर्डले समय लिने’ भनी टिप्पणी गरेका थिए । यही टिप्पणी पछिको चौतर्फी आलोचित बनेका मोरीले उक्त टिप्पणीको जिम्मेवारी लिदै राजीनामा दिन लागेका हुन । आफुले गरेको टिप्पणी फिर्ता लिदै माफी मागे पनि आलोचना नरोकिए पछि उनले राजीनामा गर्ने निर्णय गरेको जापानका संचार माध्यमहरुले उल्लेख गरेका छन ।
मोरीले राजीनामा दिने भएपछि खावाबुचीले टोकियो ओलम्पिकको नेतृत्वमा आउने भएका छन । मोरीले राजीनामा दिएपछि जुलाई महिनामा आयोजना गर्न लागिएको ओलम्पिक सम्पन्न गर्न कठिनाई उत्पन्न हुने बिश्लेशण हुन थालएको छ ।
‘मोरीले राजीनामा दिए पछिको अवस्था धेरै कठिन हुनेछ’ जापानको चर्चित आर्थिक पत्रिका निक्केइले लेखेको छ ’ओलम्पिक आयोजनाको तयारी गर्नु पर्ने बेलामा नेतृत्वले राजीनामा दिनुले संसय उत्पन्न भएको छ ।’
जुलाईको ओलम्पिकलाई ख्यालमा राख्दै जापान सरकारले गत महिना टोकियो सहितका क्षेत्रमा आपतकाल घोषणा गर्दै एक महिना भित्र स्थितिलाई नियन्त्रणमा लिइने बताएको थियो तर स्थिति नियन्त्रणमा आउन नसके पछि फेब्रुअरी ७ सम्मका लागि घोषणा गरेको आपतकाल अर्को महिना सम्म लम्बाउने निर्णय गरेको थियो ।