जापान, माघ २९ ।
जापान सरकारले कोरोना माहामारीका कारण जापान प्रबेशमा रोकीएका बिदेशीहरूको लागि यही मार्च १ बाट नया विद्यार्थी, प्रशिक्षार्थी कामदार र व्यापारिक उद्देश्यले जापान आउन इलिजीबिलीटी भएकाहरूलाई आगमन अनुमति खुलाउने भएको छ।
जापान सरकारले नयाँ कोरोनाभाइरस ओमिक्रोन भेरियन्टको नियन्त्रण र रोकथामका उपायका लागि फेब्रुअरीको अन्त्यसम्म निलम्बन गरिएका विदेशीको प्रवेशमा क्रमशः सहजता दिने भएको हो । सुरुमा व्यापारिक उद्देश्य र अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेशलाई मार्चमा स्वीकृति दिइनेछ र त्यसपछि विस्तारै अन्यहरूलाई पनि जापान आगमनमा प्रवेश अनुमति हुँदै जाने जापनिज संचारमाध्यमले जनाएको छ ।
ओमिक्रोन कोरोनाभाइरस संस्करणको प्रतिक्रियामा नोभेम्बरको अन्त्यमा लागू गरिएको कडा सीमा नियन्त्रणहरू अब धेरै विस्तारहरू पछि मार्च १ मा समाप्त हुने गरि प्रक्रिया अगाडि बढ़ाईएको उदृत निक्केइ अनलाइन पोर्टलले जनाएको छ ।अब जापान सरकारले प्रतिदिन १००० भन्दा बढी विदेशलाई जापान आउने आगन्तुकहरूलाई अनुमति दिने योजना बनाएको र यस संख्यालाई क्रमश बढाउँदै पनि लगिने बताईएको छ ।
सैद्धान्तिक रूपमा न्यूनीकरणको सिद्धान्त अनुरूप नयाँ आगमन हुनेहरूका लागि २०२१ नोभेम्बर ३० देखि प्रवेशमा निलम्बन गरिएको थियो र यहि फेब्रुअरीको अन्त्यसम्म सो नीतिलाई विस्तार राखिने निर्णय यसअघि गरेको थियो ।”फेब्रुअरीको अन्त्य सम्म” कायम गरिएको सो नीतिलाई यस पटक विस्तार नगरी मार्चबाट जापान आगमनमा सहजता गराइने भएको छ ।
विद्यालय र कम्पनीहरूले आउने यात्रुहरूको नियमित निरीक्षण गर्न अनुरोध गर्ने र आगन्तुकहरूलाई जापान प्रवेश गरेपछि तोकिएको अवधिसम्म सेल्फ़ आइसोलेशनमा बस्न आग्रह गरिनेछ। आगन्तुक बिध्यार्थीहरूले बिध्यालयको निगरानीमा जापान सरकारको नियमअनुसार क्वारेनटाईन भने अनिवार्य बस्नुपर्ने हुन्छ ।
सरकारले अनुसन्धानकर्ता र इन्जिनियरहरूका साथै “सार्वजनिक लाभ” प्रदान गर्ने कामदारहरूलाई प्राथमिकतामा राखेर आगमन अनुमति दिने उल्लेख गरिएको छ। यसअघि नै केहि निश्चित सरकारी प्रायोजित विदेशी विद्यार्थी बिभिन्न संघसंस्था तथा सरकारी स्कलरसिप पाई अध्ययनका लागि जापान आउने बिध्यार्थीहरूलाई भने यस अघि नै जापान प्रवेश गर्न अनुमति दिएको थियो। अब भने अन्य बिध्यार्थी लगायत कामदार भिषा भएकालाई पनि आगमन सहज बनाउने र जापानमा व्यक्तिगत रूपमा अध्ययनका लागि आउने विद्यार्थीहरूलाई प्राथमिकता दिईने जनाएको छ ।