सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका २०१ स्थानीय एकै पटक बिरामी, कोरोना भाईरसको आशंका

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1001 पटक हेरिएको

सिन्धुपाल्चोक, माघ २९ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ (पहिलेकाे गुम्बा गाविस ८) नम्बर बस्तीका सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उज्यालाेलाई जानकारी दिनुभयो ।

गाउँपालिकाले बिरामी भएका गुम्बामा स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले बताउनुभयो ।

बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन अनुरोध गर्नुभएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोधसहित पत्र पठाइएको जानकारी दिनुभयो ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार