विराटनगरमाथि त्रिभुवन आर्मी क्लबको ७–० अन्तरको फराकिलो जित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  508 पटक हेरिएको

काठमाडौं, माघ २९ ।  

त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सातौं जित निकालेको छ । बिहीबार भएको खेलमा विराटनगर महानगरपालिकामाथि ७-० गोलको जित निकालेको हो । आर्मीको यो लिगमा सातौं जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला विकले २-२ गोल गरे । यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक-एक गोल भयो ।

खेलको १८औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । २२औं मिनेटमा सपनाले गरेको गोलबाट आर्मीले आफ्नो अग्रता दोब्बर पार्यो । ३१औं मिनेटमा आर्मीले डिफेन्डर विमला विकले गोल गर्दै टिमको अग्रता ३-० को बनाइन् । ३४औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई ४-० को अग्रता दिलाइन् । ३९औं मिनेटमा रश्मीले गोल गर्दा आर्मीले आफ्नो अग्रता ५-० बनायो ।

पहिलो हाफमा ५ गोल गरेको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५०औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अफ्नो अग्रता ६-० बनायो । ५४औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७-० को जित दिलाइन् । जितसँगै दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ । एपीएफको २४ अंक छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार