चीन, माघ २८ ।
चीनले कोरोना भाइरसबाट संक्रमण हुने अवस्था रहे, नरहेकोबारे जानकारी दिने मोबाइल एप्स सार्वजनिक गरेको छ । चीनको सरकारी विभाग, इलेक्ट्रोनिक टेक्नोलोजी ग्रुप र स्वास्थ्य एवं यातायात अधिकारीहरूको सहयोगमा एप्स बनाइएको हाे ।प्रयोगकर्तालाई कोरोना भाइरस संक्रमणको जोखिम कति छ ? भन्नेबारे एप्सले बताउने छ । संक्रमणको जोखिम भएको मान्छेलाई घरमै आराम गर्न वा अवस्था अनुसार स्वास्थ्य अधिकारीकहाँ जान एप्सले सुझाव दिने बताइएको छ ।
जोखिमबारे जाँच गर्न प्रयोगकर्ताले मोबाइलमा क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । सुरुमा नयाँ एप्स रजिस्टर गरेपछि यसले प्रयोगकर्ताबाट नाम र आइडी नम्बर माग्ने छ । रजिस्टर भएका प्रत्येक नम्बरका आधारमा अन्य तीन आइडी पनि एप्पले आफै जाँच्ने छ ।
चीनले कोरोनाबारे आफ्ना जनताको सुरक्षाका लागि हर सम्भव प्रयास गरीरहेको छ । कोरोना भाईरसबाट अफ्ना नागरिकको दिन प्रति दिन मृत्यु हून थाले पछी १० दिन मै अस्पताल निर्माण गरेका चीनले कोरोना भाईरसबाट बच्न र नागरिकलाई सजग गराऊन ‘क्लोज कन्ट्याक्ट डिटेक्टर’ याप्सको डेभलप गरेको हो । ‘क्लोज कन्ट्याक्ट डिटेक्टर’ नाम दिइएको यो एप्सबाट एउटै कक्षामा पढ्ने, एउटै कार्यालयमा काम गर्ने र एउटै घरमा बस्ने मानिसमा संक्रमणको जोखिम छ/छैन भन्ने जानकारी दिनेछ ।
त्यस्तै मेडिकल स्टाफ, बिरामी, डाक्टर, यात्रु एवं चालक दलको अवस्था अनुसार पनि संक्रमणको जोखिमबारे यसले जानकारी दिनेछ ।जस्तै एउटै एयर कन्डिसन प्रयोग भएको एउटै कार्यालयमा काम गरिरहेका कर्मचारीबीच संक्रमणको जोखिमको अवस्थाबारे एप्सले जानकारी दिनेछ । कोरोना भाईरस रोकथामको हरप्रयास गरीरहेको चीनले यसमा उल्लेख्य उपलब्धि हाँसिल गरीसकेको छ ।