![](https://visiononlinenews.com/wp-content/uploads/2020/01/XL-Long-add-1024x93.gif)
![](https://visiononlinenews.com/wp-content/uploads/2019/09/Long-add2-1024x93.gif)
काठमाण्डौ, माघ २७ ।
![](https://visiononlinenews.com/wp-content/uploads/2020/02/D4FDE119-557F-462C-9A9E-4DFA0783EC0F.png)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक पसलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको प्रतीक्षा कक्षको कफी सपमा आगलागी भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको बताए । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको बताइएको छ ।
आगलागीपछि विमानस्थलको उडान अवतरण अबरुद्ध भएको थियो । अन्तार्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनभित्रैको कफिसपमा आगो सल्किएपछि विमानस्थल नै बन्द गर्नुपर्यो । एक्कासी आगो फैलिन सुरु गरेपछि करिब २ घण्टाभन्दा बढी उडान अवतरण नै बन्द गर्नुपरेको थियो । राती १० बजेबाट विमानस्थलमा पुनः सेवा सुरू भएको छ । पहिलोपटक कतार एयरलाइन्सको जहाज दोहा उड्यो भने दिल्लीबाट आएको नेपाल एयरलाइन्सले अवतरण गरेको छ।
![](https://visiononlinenews.com/wp-content/uploads/2020/02/418BBB4D-6050-4EAF-8131-1698DD409706.jpeg)
राति साढे आठ बजेको समयमा विमानस्थलको कफी शपमा लागेको आगो चार वटा दमकलको सहयोगमा झण्डै एक घण्टापछि नियन्त्रणमा लिइएको विमानस्थलले जानकारी दिएको छ ।आगलागी लगत्तै प्रभावित भएको उडान फेरि सामान्य अवस्थामा फर्किएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
![](https://visiononlinenews.com/wp-content/uploads/2020/01/XL-Long-add-1024x93.gif)
![](https://visiononlinenews.com/wp-content/uploads/2019/09/Long-add2-1024x93.gif)