नयाँ दिल्ली, माघ २८।
भारतिय विधान सभा चुनावमा भारतको राजधानि नयाँ दिल्लीमा स्पष्ट बहुमत सहित सरकार गठन गर्दै आएका आम आद्मी पार्टीले यस पटक भने नराम्ररी हार बेहोर्नुपर्यो । आम आदमी पार्टीका सभापति समेत रहेका नयाँ दिल्लीका पुर्व मुख्यमन्त्रि अरबिन्द केजरीवालले समेत नयाँ दिल्ली बिधान सभामा हार बेहोरेपछि पार्टीको तर्फबाट नयाँ दिल्लीकाक मुख्यमन्त्रिकम रहेकी आतिशीले मुख्यमन्त्रि पदबाट राजिनामा दिएका छन । आफ्नो पार्टीले पराजय भोगेपछि आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी हुन ।
आम आदमी पार्टीकी नेतृ आतिशीले आइतबार बिहान दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् । उनी राजीनामा बुझाउन सक्सेन निवासमा पुगेकी थिइन् । दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा २२ सिट मात्र जित्न सकेको थिए ।
उपराज्यपाल वीके सक्सेनाले आतिशीको राजीनामा स्वीकृत गरेको बीबीसीले लेखेको छ । उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गरेका छन् । अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएपछि आतिशी गत सेप्टेम्बरमा दिल्लीको मुख्यमन्त्री बनेकी थिइन् ।
भारतीय जनता पार्टी (भाजपा) ले ४८ सिट जितेको छ । २७ वर्षपछि दिल्ली विधानसभा चुनावमा भाजापाले पूर्ण बहुमत प्राप्त गरेको छ । जबकि कांग्रेस पार्टीले भने यस पटक एउटा पनि सिट जित्न सकेन । अब भने दिल्लीको सरकार भाजपाले स्पष्ट बहुमत सहित बनाउने निश्चित भईसकेको छ । भाजपाबाट दिल्लीको मुख्यमन्त्रि को बन्ने भन्ने तय भने भईनसकेको जनाएको छ ।