एनआरएनए क्युस्युले नेपाली समुदायलाई लक्षित गर्दै मानसिक स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गर्दै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  371 पटक हेरिएको

जापान, माघ २६ । 

गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमितिले नेपालीहरुलाई लक्षित गरि मानसिक स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्वभरि फैलिएको कोभिड-१९ महामारीको कारण जापानमा बसोबास गर्ने नेपाली समुदायमा मानसिक स्वास्थ्य संग सम्बन्धित विभिन्न समस्याहरु बढिरहेको पाइएको छ। बिशेष गरी जापानको क्युस्यु क्षेत्रमा यसको असर बढी देखिएको छ। मानसिक स्वास्थ्यसंग सम्बन्धित समस्याहरुको पहिचान र समाधानको बारेमा जानकारी प्रदान गर्ने उदेश्यले एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमिति र एनआरएनए ग्लोबल हेल्थ कमिटिको सहकार्यमा “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” आयोजना गरिएकोएनआरएन क्युस्युका संयोजक अर्जुन थापाले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएनए ग्लोबल हेल्थका अध्यक्ष डा.संजिब सापकोटा र अन्य वक्ताहरुमा अमेरिकाबाट डा. अशोक देबकोटा, नेपालबाट डा. राजन थापा, अमेरिकाबाट डा. संजय यादब र क्यानडाबाट लिला नाथ पाण्डेको सहभागितामा उक्त कार्यक्रम हुन लागेको जानकारी गराउनु भएको छ ।

उक्त कार्यक्रमलाई एनआरएनए जापानका महिला सचिब एलिजा के.सी भण्डारी र क्युस्युका सचिब कृष्णहरि पाठकले सहजीकरण गर्ने भएको छ । उक्त कार्यक्रम फेब्रअरी महिनाको यहि १२ तारिक शनिबार जापानबाट संचालित सम्पुर्ण संचारमाध्यमबाट एकसाथ प्रत्यक्ष प्रसारण समेत गरिने भएको छ । उक्त कार्यक्रम भिजन अनलाईन न्युजबाट पनि प्रयक्ष प्रसारण हुने सम्पुर्णमा जानकारी गर्दछु । मानसिक स्वास्थ्यसंग सम्बन्धित बिबिध बिषयहरुमा विशेषज्ञ संग छलफल हुने हुदा कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रम : “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम”
समय: फेब्रुअरी १२ तारिख शनिवार
समय : बेलुका ८:१५ बजे (जापान) बेलुका ५:०० बजे (नेपाल)
माध्यम: जुम (Facebook LIVE)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार