थाइल्यान्डमा अन्धाधुन्ध गोली चलाउने सैनिकलाई गोली हानेर मारियो, मन्त्रिद्वारा बधाई

प्रकाशित:  1145 पटक हेरिएको

थाइल्यान्ड, माघ २६ ।

थाइल्यान्डमा शनिबार अन्धाधुन्ध गोली चलाउने सैनिकलाई गोली प्रहार गरेर मारिएका छन् । थाइ सैनिक नाखोन रतचासीमामा सुरक्षाकर्मीले गोली प्रहार गरेको थाइ प्रहरीले जनाएको छ । थाइ सैनिक जाक्रापन्थ थोम्मालले चलाएको गोली लागेर शनिबार २६ जनाको मृत्यु भएको थियो । उनले सैनिक क्याम्पबाट हतियार चोरी गरेर आफ्नै सैनिक साथीमाथि गोली प्रहार सुरु गर्दै सडक र सपिङ मलमा पनि अन्धाधुन्ध गोली चलाएका थिए । 

थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान-ओकाले ५७ जना घाइते भएको बताएका छन् । घाइतेलाई भेट्‍न अस्पताल पुगेका उनले भने, “थाइल्यान्डमा भएको यो घटना अकल्पनीय हो । म चाहन्छु आगामी दिनमा यो घटना नदोहोरियोस् ।’’

थाइल्यान्डका स्वास्थ मन्त्री अनुतिन चार्नभिराकुलले सामाजिक सञ्‍जाल फेसबुकमार्फत अन्धाधुन्ध गोली चलाउने सैनिकलाई गोली हानेर मार्न सकेकोमा सुरक्षा फौजलाई बधाई दिएका छन् । उनले भनेका छन्, “अन्धाधुन्ध गोली चलाउने सैनिकलाई सिध्याएर त्रासपूर्ण अवस्थाको अन्त्य गर्ने प्रहरी र सेनालाई धन्यवाद ।”  –बीबीसी 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार