काठमाडौँ, माघ २७ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
पछिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर भदौ ३१ गते प्राधिकरणबाट बिदा भएपछि यो पद खालि थियो । शाक्यले प्राधिकरण आउनुअघि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङको नेतृत्व गरेका थिए । जनता भने अझै पनि उज्यानो नेपालका हिरो कुलमान घिसिङ्गलाई नै बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा देख्न चाहान्छन ।
कुलमान घिसिङ्गको कार्यकाल सकिएसँगै कुलमानको पुन नियुक्तिको लागि जनता सडकमा समेत आएका थिए । कुलमान घिसिङ्गको बिदाईसँगै नेपालका केहि जिल्लामा लोडसेडिङ्गको शुरुवात समेत भएको भन्दै जनता असन्तुष्ट छन ।