धरहराको २१ औँ तलाको ढलान सम्पन्न २२ औँ तलाको ढलान शुरु, सुनको जलपसहितको गजुर राखिने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  980 पटक हेरिएको

काठमाडौं, माघ २७ ।  

बि.सं २०७२ साल बैशाख १२ गतेको महाभुकम्पबाट भत्किएको २२ तले धरहरामध्ये २१ तलाको ढलान सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २१ तलाको ढलान सम्पन्न भएर २२ औँ तलाको ढलान सुरु भएको जानकारी दिएका छन् ।

“२२ औँ तलाको निर्माण कार्य सकिनेबित्तिकै सुनको जलपसहितको गजुर राखिनेछ,” उनले भने, ‘‘गजुर निर्माणको काम भइरहेको छ । २२ तलाको ढलान सम्पन्न भएपछि अबको डेढ महिनापछि गजुर राख्छौँ । पुरानो धरहराको गजुरमा नयाँ सुनको जलप हालिने भएको हो ।”

२०७२ सालको भुकम्पले भत्केको धरहरा पुनर्निर्माण प्राधिकरणले नयाँ र आधुनिक डिजाईनमा धरहरा पुनर्निर्माण सुरु गरेको थियो । शुरुमा नेपाल टेलिकमले निर्माण गर्ने सहमति गरेको राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पछि नेपाल टेलिकमले उक्त धरहरा पुनर्निर्माणबाट हात झिकेपछि काठमाण्डौँ महानगरपालिकाले निर्माण गर्ने बताइएको थियो ।

तर प्राधिकरण र महानगरपालिका बिच सहमति नजुटेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै निर्माण थालिएको २२ तले धरहराको हाल २१ तले ढलान सम्पन्न भएको छ । अण्डरग्राउण्ड पार्किङ्ग सहितको ब्यापारीक महलको रुपमा निर्माण गरिएको धरहरामा भुकम्पबाट भत्किएको भागलाई सिसाले ढाकेर अवलोकनको लागि राखिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार