मन्त्रिपरिषदको निर्णयः राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत सहित १३ निर्णय गर्यो (निर्णय सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  268 पटक हेरिएको

काठमाडौं, माघ २५ ।  

सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् ।

थप निर्णयहरू यस्ता छन ।

१. सरकारले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य गरेको छ ।

२. निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम वि.स २०७९ साल बैशाख ३० गते शुक्रबारको दिन ७५३ वटा स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

३. सरकारले बर्ड फ्लू नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

४. सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदुतहरुको अवधि थप गर्ने निर्णय गरेको छ ।

५. डिजिटल प्रणालीमार्फत् नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

६. पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयनले गोरखाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोट जिल्लाको सडक सिमा भित्र परेका तीन वटा घरटहराको राहत स्वरुप क्षेतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

७. सरकारले बालअधिकार सम्बन्धि अन्तरराष्ट्रिय महासन्धि १९८९ को छैटौं आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेश गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

८. सरकारले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ ।

९. लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा, समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ती तथा पदस्थापन गर्ने निर्णय समेत गरेको छ ।

१०. धितोपत्र दर्ता तथा निष्काशन पाचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

११. राष्ट्रिय परिचयपत्र तथा पंजीकरण पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

१२. नसर्ने रोगहरुको रोकथाम तथा नियंत्रणको लागि बहुक्षेत्रिय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।

१३. २०७८ फागुन ४ र ५ गते नर्बेमा भर्चुअल माध्यमबाट हुने दोस्रो ग्लोबल डीसएबिलिटी समिटमा भाग लिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मी नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार