काठमांडौ, माघ २५ ।
लक्ष्मी मल्लको “लोभी आँखैमा”को सफलता पछी बिल्कुलै फरक गीत “धरोधर्म विद्यानास” बोलको गीत युबट्यूबबाट सार्बजनिक गरीएको छ । दर्शक स्रोताको बेग्र प्रतिक्षामा रहेको बिल्कुलै नयाँ लोक दोहोरी गीत “धरोधर्म विद्यानास” “आफ्नो मन” युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । शुक्रबार सार्वजनिक गरीएको उक्त गीतमा सुगम संगीतका बहुचर्चित गायक प्रमोद खरेल र चर्चित गायिका लक्ष्मी मल्लको आवाज रहेको छ। भने, गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ।
सार्वजनिक हुनुभन्दा पहिलेदेखि नै चर्चाको शिखरमा रहेको गीतको अडियो एकदम सशक्त छ। सधै सुगम संगीतमा आवाज दिँदै आएका गायक खरेलको पहिलो लोक दोहोरि गीत समेत रहेको छ । आधुनिक गीतमा एक छत्रराज गर्दै आएका खरेलले उक्त लोकगीतमा सुरीलो आवाज दिई लोक गीतलाई एकदम न्याय दिएको पाईन्छ ।पहिलोपटक चर्चित गायिका लक्ष्मी मल्लसँग दोहोरी गीत गाएका प्रमोद खरेल लोक गीतमा पनि सक्षम रहेछ भन्ने आभास हुन्छ ।
अडियोसँगै गीतको भिडियो पनि उत्कृष्ट बनेको छ। संगितिक क्षेत्रका चर्चित नृत्य निर्देशक शिब बिकको निर्देशकमा तयार गरीएको गीतमा सिने नगरीका चर्चित नायक पल शाह र बेनिशा हमालको दमदार नृत्य देख्न सकिन्छ । सधै पूजा र आँचलसंग देखिने पल शाहलाई यस गीतमा भने नायिका बेनिशा हमालसंग कम्मर मर्काएको देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियोमा इन्टेन्स इल्डको सम्पादन रहेको छ। भिडियोमा सुप्रीम पराजुलीको कलर ग्रेडिङ रहेको छ।
“आफ्नो मन” युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई पहिलेको चर्चित गीत “लोभी आँखा”लाई झैँ दर्शक स्रोताले रुचाउनेमा विश्वस्त रहेको निर्माण टिमले जनाएको छ। “धरोधर्म विद्यानास”लाई छोटो समयमा नै युटुबको करोड क्लबमा प्रवेश गरेको गीत “लोभी आँखा” निर्माण गरेको टिमले निर्माण गरेको हो। गायिका लक्ष्मी मल्लले भिजन अनलाईन न्युजसंगको संवादमा “लोभी आँखा”लाई दर्शक श्रोताले माया गर्नुभयो प्रमोद खरेलसंगको पहिलो सहकार्यलाई पनि दर्शकले माया गर्नेमा आफु बिश्वस्त रहेको बताईन । लक्ष्मी मल्ल र प्रमोद खरेलको आवाजमा रहेको गीत “धरोधर्म विद्यानास” हामिले तल साभार गरेका छौ, हेर्नको लागि भिडियोमा क्लिक गर्नुहोस ।
उक्त गीत हेर्नको लागि तल भिडियोमा क्लिक गर्नुहोस ।