

काठमाडौं, माघ २४ ।

उत्तरी छिमेकी मुलुक चीन यतिबेला रहस्यमयी कोरोना भाइरसको चपेटामा छ। चीनमा रहेका आफ्ना नागरिकहरुलाई विभिन्न देशहरुले उद्धार गरेर आफ्नो देश फर्काईसकेका छन्। नेपालले पनि चीनमा रहेका नेपालीको ऊद्दार गरिने बताउँदै आएको छ। नेपालले चीनकोवुहान लगातार क्षेत्रमा रहेका नेपालीलाई उद्दार गरी कहाँ राख्ने, संक्रमण देखीएको त्यसको रोकथाम कसरी गर्ने भन्ने अन्योलका कारण हालसम्म उद्धार गर्न सकिरखेको छैन । तर, भारतले चीनको वुहानमा रहेका नेपालीको उद्धार गर्ने प्रस्ताव नेपाल सरकारलाई गर्दा नेपालले अस्वीकार गरेको भारतले दावी गरेकाे छ।
भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरले शुक्रबार भारतको संसदमा चीनबाट आफ्ना नागरिकको उद्धारबारे जानकारी दिँदा यस्ताे दावी गरेका हुन्। उनले भनेका छन्, ‘हामीले वुहानमा हाम्रा विद्यार्थीको उद्धार गर्दा छिमेकी मुलुकका विद्यार्थीको पनि उद्धार गरिदिने प्रस्ताव गरेका थियौं।’

भारीय सञ्चार माध्यमहरुका अनुसार जुन देशले भारतको प्रस्ताव स्वीकार गरे, उनीहरुलाई भारतले उद्धार गरेको थियो। तर, भारतको प्रस्ताव अस्वीकार गर्ने छिमेकी मुलकका विद्यार्थीको भने उद्धार गरिएन।भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतले आफ्ना ३ सय बढि नागरिकको उद्धार गरेको थियो भने माल्दिभ्सका ७ जनाको पनि उद्धार गरेको थियो।
यता नेपालले डब्ल्यूएचओको मापदण्ड पूरा गरेपछि वुहानमा स्वदेश फर्किन निवेदन दिएका १८० जना नेपालीको उद्धार गर्ने जनाएको छ। कोरोना भाईरसको संक्रमणबाट दिनप्रति दिन मर्नेको संख्या बढ़ीरहेको अवस्थामा नेपाल भने आफ्ना बिध्यार्थीको उद्दार गर्न ढिला सुस्ती गरीरहेको छ । चीनमा रहेका बिध्यार्थीका आफन्तले समेत सरकारलाई आफ्ना छोराछोरीलाई नेपाल फर्काईदिन नेपाल सरकारलाई बारम्बार दबाब दिईरहेको छ भने बिध्यार्थीहरू पनि आफुहरूलाई नेपाल फर्क़ाऊन गरेको ढिलासुस्ती प्रति रुष्ट छन ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।





2429 पटक हेरिएको 
















