अमेरिका, माघ २४ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गरेकी छिन् । उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा समय बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन् ।
अमेरिकी अन्तरिक्ष संस्था ९नासा०की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्री सहित अवतरण गरेको नासाले जनाएको छ । अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ रहेको नासाले जनाएका छन् । उनीहरु अन्तरिक्ष केन्द्रमा ३२८ दिन रहेका थिए ।
कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिँडेकी थिइन् ।कुनै महिलाले अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर पनि हो ।
हालसम्म चार जना अन्तरिक्ष यात्रीले मात्र एक वर्ष वा सोभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन् । रसियाका भ्यालेरी पोल्याकोभले मात्र हालसम्म सर्वाधिक ४३७ दिन अन्तरिक्ष केन्द्रमा बिताएका थिए । नासाका अन्तरिक्ष यात्री स्कट केलीले सन् २०१६ मा पृथ्वीमा फर्कनु अघि ३४० दिन अन्तरिक्ष केन्द्रमा बितएका थिए । अन्तरिक्षको सफल यात्रा गरी फर्केकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले ट्टीटर मार्फत बधाई समेत दिएका छन ।