गच्छदारको बचाउमा कांग्रेसले गर्‍यो संसद्‍ अवरुद्ध, भोलिसम्मका लागि बैठक स्थगित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  810 पटक हेरिएको

काठमाण्डौँ, माघ २३ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि त्यसको विरोधस्वरूप कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।

बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सचेतक पुष्पा भुसालले गच्छदारमाथि प्रतिशोध साँधिएको आरोप लगाइन् । संवैधानिक अंग सरकारको लाचार छाँया बनेको उनको आरोप थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो यात्रा गरेका र जनताले पटक–पटक अभिमत दिएका गच्छदारप्रति हदैसम्मको प्रतिशोध साँधिएको जिकिर उनले गरिन् ।

राजनीतिक पूर्वाग्रहको आधारमा बदनियतपूर्ण ढंगले गरिएको मुद्दा स्वीकार नगर्ने चेतावनी समेत उनले दिइन् । अख्तियारले कसैलाई काखा कसैलाई पाखा गरेको भन्दै भर्को बिरोध गरेकी थिई । कोही सचिबलाई मुद्या लाग्ने कोहीलाई नलाग्ने कोही मन्त्रिलाई मुद्या लाग्ने कोहीलाई नलाग्ने यो सरकारको प्रतिसोधको पूतिक रहेको भन्दै गच्छादारको बचाउ गरेका थिए । यत्रो आन्दोलनहरुबाट प्राप्त भएको लोकतन्त्रमा असमान ब्यबहार गरिनु लोकतन्त्रको उपहास भएकोले असमान ब्यबहारलाई काग्रेसले नस्वीकार्ने भन्दै सभामुखको ध्यानाकर्षण गरकी थिई ।

कांग्रेसको अवरोधका कारण संसद् बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार