टर्कीको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टरको शक्तिशाली भूकम्प, सरकारद्वारा संकटकाल घोषणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  190 पटक हेरिएको

टर्की, माघ २३ ।   

टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। युएसजीएसका अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.८ मापन गरिएको छ ।

टर्की सरकारले देशमा संकटकालको घोषणा गरेको छ । बीबीसीका टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भूकम्पले भौतिक संरचना भत्कँदा टर्की र सिरियामा हालसम्म ९० जनाको मृत्यु भइसकेको जनाएको छ । मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन् । पहिलो भूकम्प गएको केहि समय पश्चात पुन अर्को ठुलो धक्का महसुस भएको समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार