आज पनि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  103 पटक हेरिएको

काठमाडौं, माघ २४ ।

 

आज पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भूभागमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

आज दिउँसो प्रदेश १ का धेरै स्थानहरु, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ महाशाखाको अनुमान छ ।

राति पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार