सातौं धादिङ महोत्सव फाल्गुन २ गतेबाट, उदघाटन नेकपा अध्यक्ष प्रचण्डद्वारा गरिने

सातौं धादिङ महोत्सव २०७६

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  925 पटक हेरिएको

धादिङ, माघ २२ ।

धादिङ उद्योग वाणिज्य संघले फागुन २ गतेबाट धादिङबेसी खुल्ला मञ्चमा आयोजना गर्ने सातौं धादिङ महोत्सव प्रचण्डद्वारा उद्घाटन हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी गराईएको हो । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलश्रोत तथा उद्योगको पूर्वाधार भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । 

सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउदै विभिन्न जान जाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रुपले प्रयन्तशील रहने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको समेत अध्यक्ष खत्रीले बताए ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित शुरू हुन लागेको सातौं धादिङ महोत्सव २०७६ फागुन २ गतेबाट शुरू हुने आयोजक कमिटीले जनाएको छ । यस अघिका महोत्सवले जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रवद्र्घनमा वृद्धि भएको, राफ्टिङ, प्याराग्लाइडिङ, ट्रेकिङ र साइक्लिङ गर्ने पर्यटकमा पनि वृद्घि भएको होमस्टेको समेत संचालन आएको, होटल व्यवसाय संचालनमा वृद्घि भएको, कृषिमा औद्योगीकरण र व्यवसायीकरण गर्न तर्फ कृषकहरू पनि अग्रसर वन्दै गईरहेकोले सातौं धादिङ महोत्सव गर्न लागेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष रुद्रबहादुर (रामशरण) खत्रीले बताए । 

उद्योग वाणिज्य संघको स्थापनासँगै जिल्लाको सामाजिक तथा आर्थिक विकास निर्माणका क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । जिल्लाको ऐतिहासिक, साँस्कृतिक, सामाजिक तथा आर्थिक विकासमा योगदान पु-याउने तथा जिल्ला भित्र उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी गरी प्रचार–प्रसार एवं प्रवद्र्घन गर्ने उद्देश्यले प्रथम धादिङ महोत्सव २०६४ तथा धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०६८, राष्ट्रिय -याफ्टिङ तथा धादिङ महोत्सव २०७०, मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१, पाँचांै धादिङ महोत्सव २०७३, धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०७५ भव्यतापूर्वक सम्पन्न गरिसकेको छ । 

फागुन २ देखि १३ गते सञ्चालन हुने सातौंैं धादिङ महोत्सव २०७६ ले “जिल्लाका भित्रको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु-याँउँदै विभिन्न जात जाति, वर्ग र समुदायको बीच सद्भाव एवं भ्रातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा संगठित रूपले प्रयत्नशील रहने” लिएको छ ।

प्रदर्शनीमार्फत सरकारको ध्यान केन्द्रित गराई जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय स्तरबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाका विकास गर्ने घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पुर्याउने, घरेलु उद्योग र कृषिलाई व्यावसायिक आधुनिकीकरणतर्फ उन्मुख गराउने, निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु-याउने, पर्यटकीय स्थलहरूको विकास र विस्तारमा टेवा पु-याउने स्थानीय बजारको विकास बिस्तार एवं विशिष्टीकरणतर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, कृषि पेसालाई व्यावसायिक रूपमा विकास गराउन सहयोग गर्ने, आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने, लोप हुन लागेका स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातिबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीका अवसरहरूको सिर्जना गर्ने सातौं महोत्सवको उद्देश्य रहेको पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले बताए ।

सातांै धादिङ महोत्सव २०७६ सञ्चालन हुने नीलकण्ठ नगरपालिका संरक्षक रहेको छ । यसैगरी धुनीबेंसी नगरपालिका, थोक्रे, गल्छी, गजुरी, बेनीघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, गंगाजमुना, रुबिभ्याली, खनियावास नेत्रावती दवजोङ गाउँपालिका सहयोगी रहेकाछन् । सहमालय ब्रुअरी प्रालि र ग्वोवल आईएमई बैंक मुख्य प्रायोजक छ । महोत्सव प्रर्वद्धकमा नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, टे«किङ एजेन्सि एसोसिएसन अफ नेपाल छ । 

दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवको आकर्षणहरू स्थानीय तहभित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्सनी, कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्सनी तथा बिक्री वितरण, विविध साँस्कृतिक प्रदर्शनी, पर्यटन प्रवद्र्घनसम्बन्धी विविध कार्यक्रमहरू, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक वस्तुहरूको प्रदर्शनी तथा बिक्री, हस्तकलाको प्रदर्शनी तथा बिक्री वितरण रहनेछ । 
यसैगरी राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूबाट दैनिक सांस्कृतिक प्रस्तुति, खनिजजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जडिबुटीको प्रदर्शनी, बिक्री तथा जानकारी, आदिवासीहरूको भेषभूषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरूको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधिसम्बन्धी जानकारी, अटोमोवाइल्सको प्रदर्शनी तथा बिक्री वितरण, रमाइलो मेला तथा बालउद्यान रहनेछ । महोत्सवमा पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ । 

महोत्सव सम्पन्न गर्न १ सय ५१ सदस्यी मूल आयोजक समिति, ५१ सदसीय सल्लाहकार समिति, २५ सदस्यी सचिवालय र २४ वटा विभिन्न उपसमितिहरू गठन गरेको छ । धादिंग सदरमुकाम धादिंगबेशी जाऔ फागुन २ गतेबाट शुरू हुने धादिंग महोत्सब सफल पारौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार