काठमाण्डौँमा ओलि पक्षको शक्ति प्रदर्शन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने प्रधानमन्त्रीको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1021 पटक हेरिएको

काठमाडौं, माघ २३ ।  

नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो । अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गरेका थिए । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने समेत बताएका छन् ।

नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए । उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’ आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताए ।

२/४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताए । यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्त्रिनहरु राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार