चीन, माघ २२ ।
चीनको कोरोना प्रभाबित क्षेत्र वुहानमा हिजो मात्र ६५ जना नागरिकको निधन भएको चिनिया राष्त्रीय स्वस्थ्य आयोगले जनाएको छ । हिजो मङ्गलबारमात्र कोरोना भाइरसका कारण ३८८७ जना कोरोना भाइरसका बिरामि अस्पताल भर्ना भएको चिनिया राष्त्रीय दैनिक सिन्हाले जनाएको छ । मर्नेहरु ६५ जना सबै हुबेइ प्रदेशको रहेको सिन्हाले जनाएको छ । पछिल्लो दिनहरुमा कोरोन भाइरस सन्क्रमित बिरामिको सन्ख्या झन ब्यापक रुपमा फैलिएको छ । हालसम्म पनि यसको आधिकारिक रुपमा रोकथाम गर्न सकेको छैन ।
चीनमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ। मृत्यु हुनेहरू हुवेई प्रान्तका छन्। त्यसमा पनि कोरोनाभाइरस फैलिएको वुहान सहरमा धेरैको ज्यान गएको छ। नोवेल कोरोनाभाइरस संक्रमितको संख्या २४ हजार ३ सय २४ पुगेको छ।
हिजोको आइतबार धेरैका लागि वर्षमा ५२ दिन आउने आइतबारजस्तै सामान्य थियो तर चीनको वुहान सहरका ५७ जनालाई यो अन्तिम दिन बन्यो। २ हजार ८ सय २९ जनाको जीवनमा नयाँ सन्त्रास छायो-उनीहरूलाई नोवेल कोरोनाभाइरसले समात्यो। पर्यटकीय नगरी र संसारका चर्चित गाडी निर्माता कम्पनीका प्लान्ट भएको वुहानका वासिन्दा अहिले एकातिर घरबाहिर निस्कन पाएका छैनन् भने अर्कातिर आँखैअगाडि आफन्त गुमाइरहेका छन्।
हुवेई प्रान्तको राजधानी वुहानबाट डिसेम्बर अन्तिम सातादेखि फैलिएको कोरोनाभाइरसले आइतबारसम्म ३ सय ६१ जनाको ज्यान लिएको छ। १७ हजार २ सय पाँच जना बिरामी परेका छन्। मृत्यु र बिरामीको आँकडा दिन दुई गुणा रात चौगुणा बढिरहेको छ। पछिल्ला १० दिनमा भाइरसले मर्नेको संख्या २१ र संक्रमित हुनेको संख्या ३० गुणा बढेको छ।
यो क्रम चीनमा मात्र सीमित छैन। कोरोनाभाइरस अफ्रिकाबाहेक सबै महादेशमा फैलिइसकेको छ। फिलिपिन्समा त एक जनाको मृत्यु नै भएको छ।
कोरोनाको कहर कहिले रोकिन्छ? यो प्रश्नको जवाफ कसैले दिन सक्दैन। किनकी एकातिर यो रहस्यमयी भाइरस लागे निको पार्ने भ्याक्सिन वा ट्याबलेट बनेको छैन अर्कातिर यो यति फैलिइसकेको छ सतर्कता नअपनाउने हो भने वुहानजस्तै संसारका कुनै पनि सहरमा महामारी बनिदिन सक्छ। यसलाई विज्ञहरूले प्यान्डेमिक (दुईभन्दा बढी महादेशमा हुने महामारी) भनेका छन्।
त्यस्तै हंगकंगमा पनि कोरोना भाईरसका कारण एक जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ११ पुगेको छ । मकाऊमा पनि ८ जनामा नोबेल कोरोना भाईरस भएको पुष्टि भईसकेको छ । मकाऊले बाह्यनागरिकलाई आफ्नो राज्यमा प्रवेश रोक लगाएको छ । त्यस्तै ताईवानमा पनि कोरोना भाईरस भेटीएको छ । हालसम्म ९ जनामा नोबेल कोरोना भाईरस भेटिएको चिनिया संचारमाध्यम सिन्हाले जनाएको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।