पार्टीभित्रको विवाद १४ औंँ महाधिवेशनबाट अन्त्य हुने नेता सिंहको दाबी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  648 पटक हेरिएको

पर्सा, माघ २१ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो प्रतिपक्ष बन्ने नाममा संसदको कुर्सी नभाँच्ने बताए । राष्ट्रिय मुद्धामा कांग्रेसले निरन्तर संसदमा आवाज उठाउँदै आएकोले कमजोर प्रतिपक्ष भन्ने आरोपमा सत्यता नभएको उनले बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन। पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गरे।

नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिकालाई पूर्ण रुपमा पालना गरी शान्तिपूर्ण तथा भयरहित वातावरणमा १४औँ महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको प्रस्ट पारे ।

काँग्रेसभित्र विवादबारे बाहिर सञ्चार माध्यममा आएको समाचारजस्तो सही नभएको प्रस्ट्याउँदै उनले पार्टीलाई कमजोर पार्न गलत समाचार सम्प्रेशन भइरहेको बताए । नेता सिंहले सरकारले विनियोजन गरेको विकास बजेट खर्च गर्न नसक्नु सरकारको असफलता रहेको आरोप समेत लगाए । युनियनका जिल्ला उपाध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानी, केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार