कोरोना प्रभाबित वुहानबाट नेपालीलाई उद्धार गर्ने भए तयारी पूरा गर : चीन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1029 पटक हेरिएको

काठमाडौं, माघ २१ ।

चीनले कोरानो प्रभावित क्षेत्र वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको चिनिया राजदूताबासले बताएको छ । यदि उनीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श गर्न चिनिया राजदूत यान्छीले सुझाएको छ ।

मंगलबार काठमाडौंमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी चीनमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएकी हुन् ।

वुहानमा रहेका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न बेइजिङस्थित नेपाली दूताबाससँग चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभाग नियमित सम्पर्कमा रहेको भन्दै राजदूत यान्छीले भनिन्, ‘हुवेई प्रान्त र वुहान नगरपालिकाका विदेश मामिला कार्यालय र सम्वन्धित विश्वविद्यालय उनीहरुलाई राम्रो बन्दोबस्ती उपलब्ध गराउने प्रयासमा छ ।’

महामारी रोकथामका लागि केही रोक लगाउनु स्वाभाविक भएको उनले बताइन् । केही नेपालीलाई चीनमा रोकिएको विषयमा सोधिएको प्रश्नमा उनले विमानस्थलमा चेकजाँच गर्दा उनीहरुको तापक्रम सामान्य भन्दा बढी पाएको बताइन् । उनले भनिन्, ‘यो उनीहरु स्वयं र अरुका लागि जरुरी छ ।’

राजदूत यान्छीले वुहानमा रहेका नेपालीहरुलाई उद्धार  गर्ने विषय आफूले पनि सुनेको बताइन् । यसका लागि कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने भन्दै उनले भनिन्, ‘यदि नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह र परामर्श गर्नुपर्छ ।’ आवश्यक तयारी बिना ल्याऊदा त्यसले नेपाल र नेपालीलाई ठुलो नोक्सानी पूर्याऊन सक्ने भन्दै त्यस तर्फ पनि ध्यान दिन सरकारलाई सुझाब दिईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार