काठमाडौं, माघ २१ ।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएसंगै आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो ।संघले १०५ रुपैयाँदेखि ४४५सम्म वृद्धि गरेको संघले जनाएको छ ।
हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको जनाएको हो । बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं-धनगढीको ४४५ रुपैयाँ रहेको छ ।
साथै, काठमाडौं-विराटनगर २४०, काठमाडौं-पोखरा १६०, काठमाडौं-नेपालगञ्ज ३२५, काठमाडौं-भद्रपुर, काठमाडौं-भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।
त्यसैगरी, माउन्टेन फ्लाइटको भाडादर ३४५ रुपैयाँले बढेको छ ।पछिल्लो पटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।