जापानमा नेपाली समुदायको जनसंख्या ९९,६२८ पुग्यो, सबैभन्दा बढी विद्यार्थी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  506 पटक हेरिएको

जापान, माघ २२।

जापानमा नेपालीहरुको जनसंख्या ९९,६२८ पुगेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन्‌ २०२१ फेब्रुअरी २ तारिखमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीहरुको जनसंख्या ९९ हजार ६ सय २८ पुगेको जनाएको हो ।

मन्त्रालयका अनुसार सन्‌ २०१९ को तुलनामा २०२० मा जापानमा नेपालीको संख्या ५ ८ प्रतिशतले बढेको छ । सन्‌ २०१९ को सुरुवातमा जापानमा नेपालीको जनसंख्या ९१,७७० रहेकोमा बर्षको अन्त्यमा ९६ हजार ८ सय २४ रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

व्यवसायिक,प्राविधिक क्षेत्र अन्तर्गत जापानमा रहेका नेपालीहरुको जनसंख्या १७,०१७ पुगेको छ । विशिष्ट गतिविधि अन्तर्गत विशेष दक्षतायुक्त नेपालीको संख्या नेपालीको संख्या २५ सय २९ जना रहेका छन्‌ । प्राविधिक प्रशिक्षार्थी कामदारको रुपमा रहेका नेपालीको संख्या ६४४ रहेको छ । जापानमा सबैभन्दा धेरै नन क्वालिफाईड एक्टिभिटि पेशामा नेपालीको संख्या ७४,६७३ रहेको छ । जापानमा नेपाली विद्यार्थीहरुको संख्या ४४ हजार १ सय ४३ पुगेको छ । स्थायी निवासी भएका नेपालीको संख्या २,३५७ पुगेको छ । जापानी महिला वा पुरुषसँग घरबार गरेर बसेका नेपालीको संख्या ११ सय ७० रहेको छ । तेईजु प्राप्त गर्ने नेपालीको संख्या ७०४ रहेको तथ्यांकमा उल्लेख छ ।

जापानमा नेपालीहरुको बृद्धि लगातार भईरहेको छ । जापानको सरकारी तथ्यांक अनुसार २०१७ मा ६९,१११ जना नेपाली रहेकामा २०१८ मा त्यो संख्या ८१,५६२ पुगेको थियो । सन्‌ २०१९ को सुरुवातमा जापानमा नेपालीको जनसंख्या ९१,७७० रहेकोमा बर्षको अन्त्यमा ९६ हजार ८ सय २४ पुगेको थियो ।

जापानमा हाल बिदेशी नागरिकको संख्या १७ लाख २४ हजार ३ सय २८ पुगेको छ । यसमा सबैभन्दा घेरै भियतनामी नागरिक रहेका छन्‌ । मियतनामीहरुको संख्या ४ लाख ४३ हजार ९ सय ९८ पुगेको छ । दोस्रोमा चिनियाँ नागरिक ४१९,४३१ रहेका छन्‌ । जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ पुगेर पाचौँ स्थानमा नेपाल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार