काठमांडौ, माघ २१ ।
नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा उजुरी परेको छ। सांसद चौधरीले आफूहरूलाई ठगी गरेको भन्दै लीलाबहादुर थापा र कृष्णराज पाण्डेले सचिवालयमा उजुरी दर्ता गरेका हुन्।
सांसद चौधरीले ८ लाख ठगी गरेको आरोप निवेदक थापा र पाण्डेले लगाएका छन्।
चुनावताका सहयोग मागेको भन्दै आफूहरूले सो रकम निजलाई दिएको उनीहरूको दाबी छ। सांसद चौधरी प्रतिनिधिसभाकी सांसद हुन्।