रंगशाला निर्माण सहयोगाार्थ आयोजित महायज्ञको दुई दिनमा एक करोड सङ्कलन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1287 पटक हेरिएको

चितवन, माघ २१ ।

चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आइतबारदेखि धनधान्याचल महोत्सव सुरु भएको छ । उक्त महायज्ञ तथा धनधान्याचल महोत्सवको दोस्र्रो दिन सोमबारसम्म एक करोड सहयोग जुटेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । आज धनधान्यान्चल महोत्सवमा महिलाहरुको बिशेष उपस्थिती रहने पनि जनाएको छ । आईतबार देखि महजोडी मदनकृष्ण र हरिबंशको प्रमुख आथित्यमा शुरु गरिएको उक्त महोत्सब तथा महायज्ञमा शुरुको दिनमा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

धनधान्यान्चल महोत्सव भरतपुरको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन महोत्सवको तेस्रो दिन मंगलबार महिलामय बनाइने व्यवस्थापना समितिका संयोजक चुन नारायण श्रेष्ठले जानकारी दिए । मंगलबार कार्यक्रमको सभापति, प्रमुख अतिथी देखी कलाकार र कार्यक्रम संचालक सबै महिला रहने संयोजक श्रेष्ठले जानकारी दिए ।

महोत्सव अवधिभर नै मातृशक्ती परिचालन हुने भए पनि मंगलबार महिलाहरुको बिशेष उपस्थिती रहने मातृशक्ती परिचालन समिति संयोजक सांसद पार्वती रावलले जानकारी दिएकी थिईन । मंगलबार राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीसहित महिलाहरुको बिशेष उपस्थिती रहने रावलले बताइन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह, बिभिन्न वडाका महिला अध्यक्ष तथा सदस्यहरु, चिकित्सा क्षेत्रका महिलाहरु, महिला उद्यमी, महिला पत्रकार लगायतको उपस्थिती रहने रावलले बताईन् ।

पछिल्लो समय महिलाहरु बिभिन्न संघ संस्थाको नेतृत्वदायी भूमिकामा पुगिसकेकोले यो महान अभियान सफल बनाउन पनि महिलाहरुको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ । बिभिन्न क्षेत्रमा योगदान पु¥याएका सबै महिलाहरुले मंगलबार भौतिक उपस्थिती मात्र नभई आर्थिक संकलन समेत सहयोग गर्ने उनको बताइन् । रावलले सबै महिलाहरुलाई महोत्सव स्थलमा उपस्थित हुन आग्रह समेत गरिन् । यस्तै मंगलबार गायिका सरिता गुरुङसहित महिला कलाकारहरुले बिशेष प्रतुती दिने पनि बताईएको छ ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव शुरु गरिएको हो । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य राखेको आयोजक कमिटिले जनाएको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने गुरुयोजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माण प्रक्रियामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि हालसम्म बिभिन्न ब्यबसायी, कलाकार, स्थानीय, बिभिन्न देशमा रहेका नेपालीहरुले स्वतस्फुर्त आर्थिक सहयोग प्राप्त भए पनि त्यो प्रयाप्त नभएकोले धनधान्याचल महोत्सवको आयोजना गरिएको आयोजक तथा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जनाएको छ । सिताराम कट्टेलले उक्त आयोजना सम्मन्न भए पश्चात ब्यक्तिसँग मागेर कुनै पनि काम नगर्ने पनि उद्घोष पनि गरेका छन । यो एक नेपाल र सम्पूर्ण नेपालीहरुको साझा सपना भएकोले उक्त आयोजना सम्पन्न गर्न सम्पूर्ण देश तथा बिदेशमा बस्ने नेपालीहरु माझ सहयोग तथा हातेमालो गर्न पनि अपिल गरेका छन ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार