जापान, साईतामा, माघ २० ।
जापानको साईतामा केन स्थितसडकमा एक चिनिया नागरिक मृत अवस्थामा भेटिएको छ । चीनको कोरोना भाईरस संक्रमित क्षेत्र बुहानबाट दुई साता अघि मात्र जापान आएका चिनिया नागरिक मृत भेटिएको जापनिज समाचार संस्था जापान टाईम्सले जनाएको छ । जापानको टोक्यो नजिक साईतामा केनमा मृत भेटिएको निज चिनिया नागरिकको परिचय भने गोप्य राखीएको छ ।
शनिबार मृत भेटिएका ३७ बर्षे चिनिया नागरिकको शब साईतामाको सार्वजनिक स्वास्थ्य संस्थानकोछात्राबास नजिकको सडकमा भेटिएकोले निजले आत्महत्या गरेको हो की भन्ने आशंका गरेपनि सो को कुनै प्रमाण सुसाईट नोट तथा अन्य कुनै प्रमाण फेला नपारीएको प्रहरीले जनाएको छ । निज चीनको कोरोना भाईरस ग्रसित क्षेत्र बुहानबाट आएकोले निज कोरोना भाईरस कै कारण निधन भएको हुन सक्ने आशंका गरीएको साईतामा प्रहरीले जनाएको छ ।
अहिले निजको मृत शरीरलाई स्वास्थ्य परीक्षणको लागि अस्पताल लगिएको साईतामा प्रहरीले जनाएको छ तरपनि हालसम्म कोरोना भाईरसको संक्रमण रहे नरहेको भन्ने प्रमारित स्वास्थ्य परीक्षणबाट मात्र थाहा हुने भएकोले अस्पताल लगिएको जनाएको छ । जापानमा पनि कोरोना भाईरस संक्रमित भेटिएकोले जापानबासि लगायत बिश्व शसंकित भईरहेको अवस्थामा चिनिया नागरिक मृत भेटिनुले थप त्रास थपीएको जापानबासि नेपालीहरूले जनाएको छ । अहिले पछिल्लो समय जापानका प्रमुख शहरहरुको मास्कको अभाव देखीएको छ । एउटै ग्राहकले ३ दर्जनसम्म मास्क खरिद गरी लाने गरेकोले मास्कको अभाब देखीएको जापान स्थित सुपरमार्केटमा कार्यरत नेपालीहरूले जनाएको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।