गृहसचिवमा न्यौपाने र अख्तियारमा अधिकारीलाई जिम्मेवारी दिने मन्त्रिपरिषदको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  888 पटक हेरिएको

काठमाडौं, माघ २० ।

सरकारले गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ। गृह सचिब प्रेमकुमार राईले अवकाशको दुई दिन अघि राजीनामा दिएपछि रिक्त रहेको गृहसचिव पदमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अख्तियारका महेश्वर न्यौपानेलाई गृह सचिबको जिम्मेवारीमा सरूवा गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत न्यौपानेलाई मन्त्रिपरिषद्ले गृहसचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

न्यौपाने गृहमा आएसंगै खाली रहेको अख्तियारको सचिवको पदमा भने प्रदेश नम्बर १ का मुख्य सचिव सुरेश अधिकारीलाई सरुवा गरिएको छ। अवकाशको दुई दिनअघि आइतबार राईले राजीनामा दिएपछि गृहसचिव पद रिक्त रहेको थियो।सेवा निवृत्त भएका गृह सचिब प्रेम कुमार राईको आज मन्त्रालय औपचारीक कार्यक्रमका बीच बिदाई गरीएको थियो । बिदाई कार्यक्रममा गृहमन्त्रि रामबहादुर थापा बादलले मायाको चिनो समेत प्रदान गरी बिदाई गरीएको थियो ।

गृहसचिब प्रेम कुमार राईको बिदाई कार्यक्रमको फोटोहरू:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार