एमसीसी सम्झौता संशोधन नगरि संसदबाट पारित नहुने प्रचण्डको भनाई, सभामुख पनि एमसिसिको बिपक्षमा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  396 पटक हेरिएको

काठमाडौं, माघ २० । 

सत्तारुढ गठबन्धनका मुख्य योजनाकार तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता ९एमसीसी० यथास्थितिमा पारित नहुने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संशोधन नगरि एमसीसी पास नहुने बताएका हुन् ।

‘एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ । त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन’, प्रचण्डको सम्बोधनलाई उद्धत गर्दै बैठकमा सहाभागी एक नेताले भने । एमसीसीलाई देखाएर नेकपा एमालेले सत्तरुढ गठबन्धनलाई टुटाउने खेल भएको उनको भनाई थियो । एमसीसीकै कारण गठबन्धन नटुट्ने पनि प्रचण्डले बताएका छन् ।

सभामुख अग्नि प्रसाद सापकोटाले पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिभिन्न राजनीतिक दलका नेता, विशेषज्ञ, कानुनविद लगायतसँग छलफल गरिरहेका छन् । सभामुख सापकोटाले एमसिसिको बारेमा राष्ट्रिय सहमति जुटाएर आए संसदबाट सजिलै पास हुने अन्यथा संसदमा पेश समेत नहुने स्पष्ट जनाउ दिई सकेको छ । एमसिसि सम्बन्धमा नेपाली जनताको भावनालाई पनि सम्बोधन गर्नुपर्ने जनताको प्रशनको पनि उत्तर दिनु पर्ने बताउदै आएका छन ।

भेटमा एमसीसी, संसदमा विचाराधीन विधेयक, जारी संसदको अवरोध खुलाउने विषय र संसदसँग जोडिएका विषयमा छलफल हुने गरेको छ । सरकारले एमसीसीलाई अघि बढाउन पहल थालेपछि सभामुख सापकोटा दबावमा छन् ।

तर, सभामुख सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास हुँदैन भन्ने गरेका छन् । सभामुखलाई पछिल्लो समय भेटेका एक नेताले उनको भनाइ उद्धृत गर्दै संचारकर्मीसँग भने, ‘संविधान र कानुनले मेरो भूमिका तय गरेकै छ । एमसीसीका विषयमा सर्वदलीय सर्वपक्षीय रुपमा सहमत भएर आउनुस् न । दलहरु निर्णायक हुँदा मेरो अरु केही भन्नु छैन सभामुखले बताएका छन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार