बामदेव गौतम अब नेकपाको बैधानिक उपाध्यक्ष

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1313 पटक हेरिएको

काठमाडौं, माघ १९ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।

गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो । कतिपय केन्द्रीय कमिटी सदस्यहरुले उपाध्यक्ष पद राख्ने हो भने सबै कमिटीमा राखिनुपर्ने माग गरेका थिए । तर तत्काललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय पारित भएको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।

केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए । विधान संशोधनसँगै उपाध्यक्षका काम, कर्तव्य र अधिकार पनि व्यवस्थित गरिएको उनले जानकारी दिए । नेता गौतम बैधानिक रूपमा उपाध्यक्ष बने संगै पार्टी नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन । त्यस्तै नेकपाका युवा नेता तथा सरकारका पर्यटनमन्त्रि योगेश भट्टराईले पनि गौतमलाई सामाजिक संजाल फेसबुक मार्फत बधाई तथा शुभकामना दिएका छन ।

मन्त्रि भट्टराईको बधाई तथा शुभकामना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार