गायिका एलिना चौहानले श्रीमान बिरुद्द अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराईन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  113 पटक हेरिएको

काठमाडौं, माघ १८ ।

गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । आफ्नो श्रीमानसँगको सम्बन्धमा खटपट आएको र सम्बन्धलाई निरनतरता दिन नसक्ने भन्दै काडमाण्डौ जिल्ला अदालतका सम्बन्ध बिच्छेदको रिट निबेदन दर्ता गरेकी जनाएको छ । लामो समयदेखि संचारमाध्यमहरुमा बहसको बिषय बनेको गायिका चौहान र सापकोटा बिचको बैबाहिक सम्बन्धको बिषय अन्तमा अदालत प्रबेश गरेको छ । गायिका चौहानको श्रीमान हाल अष्टेलिया रहेको र निजको उपस्थिति वा वारेसनामाको आधारमा निजको सम्बन्ध बिच्छेदको बिषय अगाडी बढ्नेछ । केहि समय पहिले भने गायिका चौहानले आफ्नो श्रीमानसँगको सम्बन्धमा कुने पनि समस्या नआएको र राम्रो भएको बताउदै आएका थिईन ।

पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिए । ‘अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया अघि बढ्छ ।’

उनले अघि भने, ‘यसबीच मिलापत्रको सम्भावना पनि हुन्छ । तर, उहाँहरू यसका लागि तयार हुनुभएन भने सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्छ ।’ एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो । विष्णु भने अहिले अस्ट्रेलियामा छन् । अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् ।

एलिना चौहानद्धारा अदालतमा दायर फिरादपत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार