

काठमाण्डौ, माघ १८ ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना भएको ठहर गरेको छ । सरकारी जग्गा किर्ते गरी ब्यक्तिको नाममा गरेको भनि ब्यापक बिरोध भपछि सरकारले त्यसको छानबिनको लागि केन्दूीय अनुसन्धान ब्यूरोलाई जिम्मा दिएको थियो ।
झण्डै १ वर्ष लगाएर गरिएको अनुसन्धानबाट सरकारी जग्गा हिनामिना भएको देखिएको हो । कारबाहीका लागि सिफारिस सहित प्रतिवेदन गृहमन्त्रालयमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले संचार माध्यमलाई जानकारी दिए ।
२०७५ साल फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी जग्गा हिनामिनाका विषयमा छानबिन गर्न ब्यूरोलाई जिम्मा दिएको थियो । ब्यूरोले अनुसन्धानको प्रतिवेदन शुक्रबार गृह मन्त्रालयलाई बुझाएको हो ।

