

काठमाडौं, माघ १७ ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकले कडाइ गरेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ– यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”
सामाजिक सञ्जालमा विज्ञापनवापत अर्बौं रुपैयाँ बाहिरिएको भन्दै यस्तो विज्ञापन रोक्न सूचना जारी गर्नुपरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।
राष्ट्र बैकबाट जारी सूचना


