प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाको अवरोध, सभापतिको निलम्बन तत्काल फुकुवा गर्नुपर्ने माग

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  175 पटक हेरिएको

काठमाडौं, माघ, १८ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो । रास्वपा सभापति रबि लामिछानेलाई प्रतिनिधि सभा सासंद पदबाट निलम्बन गरेसँगै रास्वपाका नेता तथा कार्यकर्ता यस बिषयमा बिरोध गर्दै आईरहेका छन ।

सभामुख घिमिरेले बैठकको कार्यसूची अघि बढाउन लाग्दा रास्वपा सांसदहरूले उठेर विरोध जनाइरहेका छन् । रास्वपाले बैठक सञ्चालन भइसकेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइसकेपछि रास्वपाका सांसदहरूले समयको माग गर्दै उभिएर विरोध जनाएका हुन् । आजै रास्वपाका सभापति रवि लामिछानेले सभामुख घिमिरेलाई भेटेर आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए । लामिछाने रास्वपाका १५ सांसद लिएर सभामुख घिमिरेलाई भेट्न पुगेका थिए । उनीहरूले आजकै बैठकबाट लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न अनुरोध गरेका थिए ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् । 

सांसद पदबाट निलम्बित रास्वपा सभापति रवि लामिछानेले निलम्बन फुकुवा गर्न दिए सभामुखलाई निवेदन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार