अस्ट्रेलियामा आगलागी राजधानी क्यानबेरा नजिक आईपुगे पछी आपतकाल घाेषणा

प्रकाशित:  1852 पटक हेरिएको

अस्ट्रेलिया, माघ १७ ।

अस्ट्रेलियाकाे राजधानी क्यानबेरामा आपतकालीन अवस्था घोषणा गरिएको छ ।गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि सरकारले आपतकालीन अवस्था घोषणा गरिएको हो । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् । सेप्टेम्बर महीना देखि लागेको आगो हालसम्म पनि नियंत्रणमा आएको छैन ।

सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेको छ । गएकाे सेप्टेम्बर यता फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गएको छ भने हजारौँ घरमा क्षति पुगेकाे छ । 

यस्तै एक करोड ११ लाख हेक्टर क्षेत्रफलकाे जमिन डढिसकेको छ । अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् । आगलागीबाट मुख्य प्रभावित दक्षिणी क्षेत्रमा मात्र १८ हजार पाँच सयभन्दा बढी हेक्टर जमिन सखाप भैसकेको छ ।

अग्नि नियन्त्रकहरु ४० डिग्रीको तापक्रममा तीव्र गतिको हावाको वेगमा आगो निभाउन जुटिरहेका छन् । आगोलाई नियन्त्रणमा लिन कठिन भैरहेको अग्नि नियन्त्रकहरुले बताएका छन् । आगलागीको जोखिम कम नभएसम्म आपतकाल लागू हुने सरकारी अधिकारीहरुले बताएका छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार