सांसद पदबाट निलम्बित रास्वपा सभापति रवि लामिछानेले निलम्बन फुकुवा गर्न दिए सभामुखलाई निवेदन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  172 पटक हेरिएको

काठमाण्डौँ, माघ १८ ।

सांसद पदबाट निलम्बन भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । बिभिन्न अभियोगमा छानबिनको दायरामा रहेका लामिछानेलाई सभामुखले सांसद पदबाट निलम्बन गरेको थियो । तर रास्वपा सभापति लामिछानेले भने यो प्रक्रियागत नभएको भन्दै निलम्बन फुकुवाका लागि सभामुख समक्ष अनुरोध गरेका हुन । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ ।

रास्वपाकी सांसद तथा कानुनशास्त्रका बिज्ञता समेत रहेकी सोबिता गौतमका अनुसार सांसद पदबाट निलम्बन फुकुवाको माग निवेदनमा गरिएको जनाएको हो । केहिबेरअघि लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका थिए । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनीमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अझै अनुसन्धान भइरहेको छ ।

रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्‍याएको टिप्पणी समेत गर्दै आएको छ । संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ भने रास्वपाका नेता तथा कार्यकर्ता भने यो प्रक्रिया भन्दा बाहिर गएर रगेको निर्णय भएकोले तत्काल निलम्बन फुकुवा गर्नुपर्ने भन्दै माग गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार