मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना क्वाटरफाइनलमा, मेसीले गरे दुई गोल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  789 पटक हेरिएको

एजेन्सी, माघ १७ ।

कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनपछि क्याटलान क्लब बार्सिलोनाले लेगानेसलाई हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले लेगानेसमाथि ५–० को सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । लेगानेसलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा नेगानेसलाई ५-० को फराकिलो अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो। बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरे। खेलमा उनका अलावा एन्टोनी ग्रिजम्यान, क्लेमेन्ट लेन्गलेट तथा आर्थरले गोल गरेका थिए।

बार्साले ग्रिजम्यानले खेलको चौथो मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। त्यसपछि सो अग्रतालाई लेन्गलेटले खेलको २७ औं मिनेटमा दोब्बर पारे र पहिलो हाफ २-० को नतिजामा सकियो।

लेगानेसलाई ५-० को फराकिलो अन्तरले हराउने क्रममा दोश्रो हाफमा मेसीले खेलको ५९ र ८९ औं मिनेटमा गोल गरे। त्यसअघि खेलको ७७ औं मिनेटमा आर्थरले चौथो गोल गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार