जापानको टोक्यो स्थित नेपाली रेस्टूरेंटमा २ भारतीय नागरिक मृत फेला

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1806 पटक हेरिएको

जापान, माघ १६ । 

बुधवार बिहान, टोकियो ओतावार्डको नाखारोकुगो स्थित तान्सेन भ्यु नामक ईन्डियन नेपाली रेस्टुरेन्टमा २ जना भारतिय नागरिक मृत अबस्थामा फेला परेका छन् । ऊनीहरू त्यही रेस्टूरेंटमा काम गर्ने कर्मचारी रहेको जापान समाचार संस्था माईनिची पत्रिकाले जनाएको छ । अन्दाजी ४० वर्ष उमेरका दुई, रेस्टुरेन्ट भित्र मृतभेटिएका हुन् ।

पसल नजिकैको स्थानिय एक महिलाले पसल भित्र मानिस ढलिरहेको आशंका सहित प्रहरीलाई खबर गरेपछि, प्रहरी घटना स्थालमा पुगेको थियो । प्रहरी घटना स्थलमा पुग्दा दुबै जना मृत अवस्थामा रहेका थिए ।

प्रहरीका अनुसार, कोठामा कार्बनमोनो अक्साईडको मात्रा अधिक रहेको थियो । यसका साथै नान बनाउने चुल्हो (तन्दुर) मा पनि आगो बलिरहेको थियो । यि सबै दृश्यहरुको प्रारम्भिक अनुसन्धान अनुसार, उनिहरु निस्सासिएर मरेको हुनसक्ने आशंका गरिएकोछ । घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार