जापान, माघ १६ ।
जापान सरकारले चीनको कोरोनाभाईरस ग्रसित क्षेत्र हुवान प्रान्तबाट पहिलो पटक दुई सय छ जना अफ़ना नागरिकलाई बिशेष चार्टर बिमान मार्फ़त जापान ल्याईएको छ । तिमध्य ४ जना जापनिज नागरिकमा भने कोरोना भाईरसको संक्रमण रहेको आशंका गरीएको छ । बुधवार चीनको कोरोना भाईरस संक्रमित क्षेत्रबाट हानेदा अन्तराष्ट्रिय एअरपोर्टमा ल्याईएका आफ़्ना नागरिकहरुको एअरपोर्ट मै आकस्मिक स्वास्थ्य परीक्षण गरीएको थियो ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाईरस ग्रसित क्षेत्रबाट ल्याईने आफ़्ना नागरिकको उपचारको सम्पूर्ण व्यवस्था लगायत आवश्यक तयारी पछी मंगलबार आना एअरको बिमान चार्टर गरी चीनको हुवान प्रान्त पठाईएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै NHK टेलिभिजनले जनाएको छ । चीनको हुवान प्रान्तबाट २०६ जापनिज नागरिक लिएर चार्टर प्लेन बुधबार राति ८ बजेर ४० मिनेटमा हानेदा एअर पोर्टमा ल्यांड गरीएको थियो ।
हानेदा बिमानस्थलमा चीनको हुवान प्रान्तबाट ल्याईका नागरिकहरुको आकस्मिक स्वास्थ्य जाँच र तत्काल अस्पताल लैजानको लागि २ दर्जन भन्दा बढ़ी एम्बुलेन्स बिमानस्थलमा तयारी अबस्थामा राखीएको थियो । बिमानबाट उत्रिएका यात्रुहरूलाई अन्य बिमानका यात्रुको सम्पर्कबाट टाढा राखीएको थियो । हुवानबाट ल्याईएका नागरिकलाई बिमानस्थल मै आकस्मिक स्वास्थ्य परीक्षण गरीएको थियो जसमा २ जनामा सामान्य रूघाखोकि देखीएको र अन्य २०४ जना सामान्य रहेको NHK टेलिभिजनले जनाएको छ ।
संक्रमण देखीएको २ जना र अन्य सबैलाई बिमानस्थलका कर्मचारी र अन्य यात्रुहरूको सम्पर्क नगराई एम्बुलेन्स मार्फत तुरन्त अस्पताल पूर्याई पुन:स्वास्थ्य परीक्षण गरीएको थियो सो क्रममा थप २ जनामा कोरोना भाईरस भेटिएको जापान स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म जापानमा ७ जनालाई कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएको छ ।