धनगढी सभामा बोल्दै सभामुखलाई संसद् बैठक बोलाउने अधिकार रहेको नेकपा अध्यक्ष प्रचण्डको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  315 पटक हेरिएको

धनगढी, माघ १७ ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखले संसद् बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्नसक्ने अधिकार दिएको बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा धनगढीमा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सर्वोच्च अदालतमा मुद्‍दा नभएको भए हामी संसद् बोलाउँथ्यौँ। संसद् बोलाउने तागत हामीसँग छ’ उनले भने, संसदमा सहभागी सबै दलहरूले ओलीको कदमको विरोध गरेका छन्। अर्को, विकल्प हामीसँग छ।

संसद् बैठक बोलाएर सभामुखले प्रधानमन्त्रीलाई दुई तिहाईको बहुमतसहित कारबाही गर्ने अधिकार दिएको छ।’ प्रधानमन्त्रीलाई ओलीलाई संसद् विघटन गर्न पाउने अधिकार नदिएको स्पष्ट पारे। ‘प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिएको छैन। तर, उहाँले आफूखुसी संसद् विघटन गरेका गरे’ उनले भने, ओलीले संसद् मरेको घोषणा गरेका छन्। हामीले मर्न दिएका छैनौँ। दिदैनौँ।ु

‘ओलीले संविधानलाई कुल्चिएर संसद भंग भयो भन्दैमा मान्नुपर्छ ररु भन्ने हुन्छ’ उनले भने, ‘ओलीको जालझेल सेटिङ मरेको भनेको छ। तर, हामी हुन दिदैनौँ। संसद भंग भएको संसद होइन, केपी ओली सरकार भंग भएको हो।’ पार्टी फुटेको नभएर केपी ओली चोइटिएर गएको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार