

काठमाडौं , माघ १६ ।

प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जन विश्वास रहदै आएको छ ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशै भरी रहेका सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआराधाना गरी शिइाक तथा छात्रछात्राहरुलेमनाईरहेको छ । धेरैजसो विद्यालय र क्याम्पसहरुमा पनि आज सरस्वती पूजा कार्यक्रम राखिएको छ ।
यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । ‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् । यसैगरी तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास पनि रहेको छ । आजकै दिन हनुमानढोका दरबारको नासल चोकमा राष्ट्रपति र उपराष्ट्रपतिले वसन्त श्रवण गर्ने कार्यक्रम छ ।
आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका कार्यगर्दा साइत हेर्नु नपर्ने मान्यता छ। श्रीपञ्चमी पर्वका अवसरमा आज शिक्षण संस्थामा विदा दिइएको छ।

