स्थानीय तहको निर्वाचन जेठभित्र गर्ने सत्तारुढ गठबन्धनको निर्णय, स्थानीय निकायको निर्वाचन एने सशोधन गर्ने निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  240 पटक हेरिएको

काठमाडौं, माघ १५ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । बिभिन्न चरणमा बसेको बार्ता तथा छलफलबाट कुनै निश्कर्ष निकाल्न नसकेका सत्तारुढ गठबन्धन निर्वाचन आयोगको दबाबपछि भने वेठ मसान्तभित्र निर्वाचन गर्न सहमति भएको हो । यसअघि आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु चौतर्फी दबावपछि जेठमै चुनाव गर्न तयार भएका हुन् ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संचार माध्यमलाई जानकारी दिए । उनका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।

निर्वाचन आयोगले भने स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार