जापानमा ४,१३३ जनामा कोरोना संक्रमण पुष्टिसंगै एकैदिन ११३ जनाको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  393 पटक हेरिएको

जापान, माघ १६ ।  

जापानमा बिहिबार जनवरी २८ तारिख एकैदिन ११३ जनाको मृत्यु भएको छ । भने ४,१३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार कोरोना कारण मृत्यु पुष्टि भएको संख्या हालसम्मकै उच्च हो । जापानमा कोभिड संक्रमितहरुको संख्या धेरै भएपनि विगतमा दैनिक मृत्युदर यति धेरै पुगेको थिएन ।

बिहिबार टिकियोमा,१,०६४ जना,खानागावी केनमा ४३३ जना,ओसाकामा ३९७ जना,चिबा केनमा ३१४,आईची केनमा २४४ जनाको उच्च संक्रमण सहित जापानका ४७ मध्ये ४५ ओटा प्रान्तहरुमा संक्रमित पुष्टि भएका हुन् ।

जनवरी २८ तारिखसम्ममा जापानमा ३ लाख ८१ हजार १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३ लाख १५ हजार ९३ जनाले स्वास्थ्य लाभ गर्न सफल भएका छन् भने,५ हजार ५ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हाल अत्यधिक प्रभावित प्रान्तहरुमा आपकालिन् अवस्थाको घोषणा गरी, नियन्त्रणात्मक उपायहरु अबलम्बन गरिएको छ । फेब्रुअरी ७ तारिखसम्मका लागि क़ायम आपत्काल संक्रमण आशाअनुरुप कमि नभएपछि थप लम्बिनसक्ने भएको छ । कोरोना संक्रमणको वृद्धिसंगै जापानमा काममा तिव्र गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार