ई.सुदिना कुईकेलको गजल~ न्युज पढेपछी ~ फेरी पनि बाबुद्वारा छोरी बलात्कृत

लेखक:- ई.सूदिना कुईकेल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1899 पटक हेरिएको

काठमांडौ, माघ १५ ।

बिगत लामो समय देखि नेपाल सरकार निजामती सेवा प्राबिधिक इंजिनियरिंग पेशामा आबद्ध भई देश र जनताको सेवामा तल्लिन इंजिनियर हुन सूदिना कुईकेल । हाल नेपाल सरकारको राष्ट्रिय सतर्कता केन्द्रमा सिनियर डिभिजन इंजिनियरको रूपमा कार्यरत हुनुहुंछ । नेपाली समाज र समाज भित्र घटेका बीबीध घटनाक्रमलाई आफ्नो साहित्य कबिताको माध्यमबाट समाजको यथार्थ र बेथितिलाई चिर्दै आऊनु भएका इंजिनियर सुदिना कुईकेलले साहित्यमा पनि आफ्नो राम्रो उपस्थिति जनाऊदै आऊनु भएको छ ।

भिजन अनलाईन न्युजको साहित्य स्तम्भकार समेत रहनु भएकी उनै सि.डी.ई. सूदिना कुईकेलले प्रस्तुत गर्नुभएको कबिता न्युज पढेपछी~फेरी पनि बाबुद्वारा छोरी बलात्कृत शीर्षकको गजललाई हामिले तल प्रस्तुत गरेका छौ । पढेर तल कमेण्टबक्समा आफ्नो प्रतिक्रिया दिनुहोला ।

गजल~ न्युज पढेपछी ~ फेरी पनि बाबुद्वारा छोरी बलात्कृत ~

कसको गरौँ बिश्वास खोइ कसको परौं म भर आमा
हटाइदेउ मेरो नामबाट त्यो निर्दयी पापिको थर आमा ।।

पुरुष शब्द सुन्दा पनि घिन लाग्छ, सम्झन्छु राक्षस म
असुरक्षित भयो किन मलाई आज आफ्नै घर आमा ।।

विचराको पात्र भएर, बिताउँ यो जिन्दगीलाई कसरी
बाँच्नको लागि सास फेर्न पनि त लाग्दैन रहर आमा ।।

कलियुग लागेछ साँचै धेरै पुकारें गुहारे भगवानलाई
के पो बोल्थे अबिर पोतिएका निर्जिब ती पत्थर आमा ।।

भूमरीमा परें यो कस्तो, लड्न सक्ने छैन आँट मलाई
छरपस्ट भए इच्छा चाहना, सपना तितरबितर आमा ।।

उकुसमुकुस छ मन मेरो बिस्फोट हुन्छकि झैँ लाग्छ
कसरी सुनाउं दुनियाँलाई नरपिशाचको खबर आमा ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार