लन्डन, माघ १५ ।
बेलायती विमान कम्पनी ब्रिटिस एयरवेजले चीनका लागि हुने सबै उडानहरु रद्द गरेको छ । एयरलाइन्सले बुधबार चीनबाट आउने र चीनतर्फ जाने सबै उडानहरु रद्द गरेको घोषणा गरेको हो । बेलायतले चीनबाट फैलिएको नोबेल कोरोना भाइरसविरुद्धको अभियानलाई सहयोग पुर्याउने पहलस्वरुप ब्रिटिश एयरवेजले सम्पूर्ण उडानहरु रद्द गरिएको जानरकाी दिएको हो ।
एयरवेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेलायतको विदेश मन्त्रालयको सुझावहरु चीनबाट आउने र जाने सबै उडानहरु तत्कालका लागि रद्द गरिएका छन् । तर, अत्यावश्यक उडानहरु भने उक्त प्रावधान लागु हुनेछैन । हामी यात्रुप्रति पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं । तर, हाम्रा यात्रुको सुरक्षालाई हाम्रो प्राथमिकतामा पर्दछ ।”
अमेरिकी एयरलाइन्सले भने मंगलबार चीनका तीनवटा सहरहरु बेइजिङ, हङकङ र सांघाईबाट हुने उडानहरु अस्थायी रुपमा स्थगित गरिएको बताएको छ ।
चीनमा कोरोना भाइरसका कारण १३२ जनाको मृत्यु भइसकेको छ भने छ हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण अमेरिका, युरोप र एसियाका विभिन्न मुलुकहरुमा फैलिइसकेको छ । कोरोना संक्रमणको दर एकदिनमै ३० प्रतिशतले वृद्धि भएको बताइएको छ । – सीएनएन