सार्वजनिक सवारीमा जोरबिजोर प्रणली हटाईयो, निजि सवारी र ट्याक्सीमा भने जोर बिजोर प्रणली कायमै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  290 पटक हेरिएको

काठमाडौं, माघ १४ ।

काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको छ । उपत्यकामा जोर बिजोर प्रणली लागु गरेपछि बिरोध भएको थियो । तर काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ट्याक्सी र निजी सवारी साधनमा मात्र जोरविजोर प्रणाली लागू हुने जानकारी दिए ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमण अत्यधिक रुपमा बढेसँगै जोर बिजोर प्रणली लागु गरेको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमण २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार