नवनिर्वाचित सभामुख सापकोटाको अध्यक्षतामा संसद बैठक जारी (प्रत्यक्ष लाईभ)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  647 पटक हेरिएको

काठमाण्डौँ, माघ १४ ।

आज माघ १४ गते नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाको अध्यक्षमा प्रतिनिधि सभा बैठक जारी प्रधानमन्त्रि के.पी शर्मा वलीले आफ्नो गहन भनाई राख्दै । प्रधानमन्त्रि के.पी शर्मा वलीले संसदमा अड्किएको एमसिसि जस्ता परियोजनाहरुलाई संसदबाट पारित गर्दै अगाडी बढ्नु पर्ने अबस्था रहेकोले आगामी दिनमा बिस्तृत बोल्ने जनाउदै नवनिर्बाचित सभामुखलाई बधाई दिनु भयो ।

‘हामीले धेरै अगाडिदेखि विभिन्न चरणहरु पार गर्दै, ६–७ जना प्रधानमन्त्रीहरुले समेत अगाडि बढाएको एमसीसी प्रस्ताव छिटै पारित गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबारे म पछि पनि सविस्तार धारणा राख्नेछु ।’ उनले एमसीसीलगायत अन्य विभिन्न विधेयकहरु पनि तीव्रताका साथ पारित गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधि सभा बैठक संसदबाट प्रत्यक्ष लाईभ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार