धनगढीमा स्टाफ नर्स आफ्नै कोठामा मृत भेटिइन्

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1378 पटक हेरिएको

कैलाली, माघ १४।

कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी हुन्। दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले श्रेष्ठको शव झुन्डिएको अवस्थामा फेला परेको बताए । श्रेष्ठले १५ महिना अघि भारतीय नागरिक बिक्की अग्रवालसँग विवाह गरेको प्रहरीले जनाएको छ ।

‘उनको शव फेला परेपछि हामीले अनुसन्धान सुरु गरेका छौँ’ प्रहरी प्रवक्ता बस्नेतले भने, ‘अहिले उनका श्रीमानलाई पनि सोधपुछ गरिरहेका छौँ ।’

यस अघि पुस १३ गते पनि धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी थिइन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारा नगरमा डेरागरी बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० की २० वर्षीया सुनम ऐर मृत अवस्थामा भेटिएकी थिइन् । मृत्युको कारण नखुलेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार